☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

सुरक्षाकर्मीहरुलाई एकसय ५० कार्टुन पानी वितरण

  |

सुशील खड्का
सुर्खेत । लकडाउनको समयमा सुरक्षामा खटिएका नेपाल प्रहरीलाई मिडवेस्र्टन फिटनेस सेन्टरले एकसय ५० कार्टुन पानी (मिनरल वाटर) वितरण गरेको छ । सेन्टरमा आवद्ध युवाहरुले संयुक्त रुपमा बिहीबार विहान नेपाल प्रहरीलाई पानी वितरण गरेका हुन् ।

सेन्टरको क्लवमा आवद्ध मनोज शाह, नविन ढुंगाना, सुमन थापा, सम्राट गौतम, टेक चुनारा, राम नेपाली लगायतका युवाहरुले मिनरल वाटर पानीका कार्टुन संकलन गरेर प्रहरीलाई हस्तान्तरण गरिएको मिडवेस्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले जानकारी दिए ।

 

उनकाअनुसार प्रहरीलाई सुरज पाउरोटी उद्योगका सञ्चालक सम्राट गौतमले ५० प्याकेट कुकिज (विस्कुट) प्रदान गरेका छन् । ‘लक डाउनको समयमा सबै बन्द छ, चोकचोकको सुरक्षामा खटिएका प्रहरीलाई पिउने पानीको अभाव छ’ हमालले भने, ‘अब दैनिक रुपमा पानी संकलन गरेर विहान वितरण गर्ने योजनामा छौं ।’ उनले खुलामञ्चमा निर्माण भइरहेको क्वारेन्टाइनमा समेत २० कार्टुन पानी दिएको बताए ।

 

 

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     10:44:42 AM
error: Content is protected !!