☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

सुर्खेतमा लकडाउन उल्घंन गर्ने ६१ सवारीसहित पाँच जना प्रहरी नियन्त्रणमा

  |

सुशील खड्का
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउनको उल्घंन गर्ने सवारी साधन र व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । लकडाउनको तेस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ६१ सवारी साधनसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोटरसाइकल ४०, ट्रक १३, बस चार, जीप, फोर्स, हाइस तीन, र अटो एक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । उनले अटेरी गरेर सवारी चलाउने धनीलाई समेत नियन्त्रण लिन प्रहरी आक्रामक बनेको बताए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     8:05:45 PM
error: Content is protected !!