☰ open Loading... 19 April 2024|  

कर्णालीमा मात्रै विदेश गएका नौ हजार भित्रिए
  | १६ चैत्र २०७६, आईतवार १७:५२

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा विदेश गएकाझण्डै नौ हजार नागरिक भित्रिएको जनाएको छ । प्रदेशका १० वटै जिल्लामा कोराना भाइरस (कोभीड–१९) को संक्रमण रोक्न र पूर्वतयारीको पछिल्लो अवस्थामा सार्वजनिक गर्दै मन्त्रालयले हालसम्म आठ हजार ६५० जना भित्रिएको जनाएको हो ।

कर्णालीमा भित्रने मध्य सबैभन्दा बढी रोजगारीका लागि भारत गएका धेरै छन् । प्रदेशमा आकस्मिक अवस्थाको तयारीका लागि दुई हजार ५२८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

प्रदेशमा तीनसय ३९ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले जानकारी दिए । उनकानुसार १७ वटा आइसियू तयारी अवस्थामा छन् भने ७ वटा मात्रै भेन्टिलेटर रहेका छन् ।

स्थानीय तहमा दुईहजार २८ बेडको क्वारेन्टाईन र ३२ वटा आइसोलेसन बेड तयार गरिएको छ । प्रदेश तथा जिल्लामा पाँच सय क्वारेन्टाइन, तीनसय सात वटा आइसोलेसन बेड तयारी अवस्थामा छन् ।