☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

कोरोना परीक्षण गर्ने मेसिन आउन अझै केही दिन लाग्ने

  |

सुशील खड्का
सुर्खेत । चीनबाट ल्याइएको कोरोना परीक्षण मेसिन सुर्खेत आउन अझै केही दिन लाग्ने भएको छ । प्राविधिक रुपमा मेसिनको परीक्षण काठमाडौंमा गरेर कार्णाली पठाइने स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।

‘चिनियाँ भाषाका कारण सबै व्यवस्थापन काठमाडौंमै गर्नुपर्ने देखियो’ राज्यमन्त्री रावतले भने, ‘आज साँझसम्म मेसिनको परिक्षण गरेर एम्बुलेन्समार्फत सुर्खेत पठाइने छ ।’

यी हुन आज आएका सामग्री
स्वास्थ्य मन्त्रालयलाई चीनबाट आएका सामग्रीमध्य गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइआर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान छन् ।

उक्त सामान नेपाली सेनाको स्काइट्रकबाट अहिले सुर्खेत ल्याँउन लागिएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको सामान स्वास्थ्य राज्यमन्त्री रावतले सामाजिक विकास मन्त्री दल रावललाई सुर्खेत विमानस्थलमा हस्तान्तरण गर्नेछन् ।

प्रकाशित मितिः सोमवार, चैत्र १७, २०७६     9:55:31 AM
error: Content is protected !!