☰ open Loading... 25 September 2020|   शुक्रबार, अशोज ९, २०७७

मनकारी घरवेटी : आफ्नो घरमा बसेकोहरुबाट भाडा नलिने घोषणा

  |

सुशील खड्का
सुर्खेत ।
 कोरोना भाइरस (कोभीड–१९)को संक्रमण रोक्न र उच्च सतर्कता अपनाउन नेपाल सरकारले चैत्र ११ गतेदेखि देशमा लकडाउन शुरु गरेको छ । पहिलो चरणमा चैत्र १८ गतेसम्म लकडाउन गरेको सरकारले यहीँ चैत २५ गतेसम्म थप गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर–६ गोदाम लाइनका इन्द्रा गिरी रावलले भने आफ्नो घरमा व्यवसाय गरिरहेकाहरुबाट चैत महिनाको भाडा नलिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘म र मेराे श्रीमान इलेक्ट्राेनिक्स वस्तुगत समिति सुर्खेतका अध्यक्ष भरत रावलकाेतर्फबाट हाम्राे घरमा पसल गरेर बसेकाहरुबाट चैत महिनाकाे ६० हजार भाडा नलिने निर्णय गरेका छाैं ।’

उनले यरिचाेककाे खाली जग्गा र जुम्ला राेडमा रहेकाे घरबाट मासिक भाडा बुझ्दै अाएका छन् । वीरेन्द्रनगर ६ जुम्ला रोडमा रहेको घरमा व्यवसाय गरिरहेकाहरुबाट चैत महिनाको ५० हजार र यरिचोकमा रहेको जग्गाबाट १० हजार  मासिक भाडा नलिने रावलले बताइन् ।

‘विश्व नै कोरोना भाइरसले आक्रान्त बनिरहेको छ’ रावलले भनिन्, ‘लकडाउनले व्यवसाय पनि ठप्प रहेकाले यस्तो कठिन अवस्थामा घरभाडा नलिने घोषणा गरेकी हुँ ।’

प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६     3:36:13 PM
error: Content is protected !!