☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

सरकारको निर्णय पालना गर्न नेकपा वीरेन्द्रनगरकाे अाग्रह

  |

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वीरेन्द्रनगर कमिटीले अाम नागरिकलाई नेपाल सरकारले लागू गरेकाे लकडाउन निर्णय पूर्ण पालना गर्न अाग्रह गरेकाे छ । काेराेना भाईरस (काेभीड-१९) काे संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन सरकारले लागू गरेकाे निर्णयलाई पूर्ण पालना गर्न नेकपा वीरेन्द्रनगर कमिटीले अाग्रह गरेकाे हाे ।


वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष गंगाराम तिमिल्सिना र सचिव गणेश वलीले विज्ञप्ति जारी गर्दै लकडाउनकाे समयमा अाफू खुसी घर बाहिर ननिस्कन अाग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिईकाे छ, ‘विश्व नै काेराेना भाइरसकाे संक्रमणबाट अाक्रान्त बनेको छ, यस्ताे कठिन घडीमा सबै नागरिकहरूले उच्च सतर्कता अपनाउन जरुरी छ ।’ साथै नेकपा नगर कमिटी वीरेन्द्रनगरले भारत र तेस्रो मुलुकबाट अाएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अाग्रह गरेकाे छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६     9:00:06 PM
error: Content is protected !!