☰ open Loading... 19 April 2024|  

कर्णालीका ७९ जनाको कोरोना परीक्षण, सबै रिपाेर्ट नेगेटीभ
  | २४ चैत्र २०७६, सोमबार १३:४२

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशका ७९ जनाको कोराना परीक्षण गरिएको छ । यी सबैको रिपोर्ट नेगेटीभ आएको छ । कर्णालीमा कोरोना परीक्षण सञ्चालन ल्याउनु पूर्व ३१ जनाको स्वाब परीक्षण काठमाडौंमा गरिएको थियो ।

ति सबै रिपोर्ट पनि नेगेटीभ आएको थियो । स्वास्थ्य सेवा निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यका अनुसार हालसम्म ७९ जनाको स्वाब परीक्षण गरिएको छ । सुर्खेतमै परीक्षण गरिएको स्वाब ४८ जनाको रहेको आचार्यको भनाई छ । ११ जनाको परीक्षण भइरहेको पनि आचार्यले बताए ।

‘स्वाब संकलनलाई तिव्रता दिन दुई ओटा टोली पहाडी र हिमाली जिल्ला पठाएका छौं’ आचार्यले भने, ‘आज साँझ मात्रै कति संकलन भयो भन्ने एकीन थाहा हुन्छ ।’ कालिकोट, जुम्ला, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिम जिल्लामा स्वाब लिन टोली गएको छ ।

सुदूरपश्चिममा कोरोनाको संक्रमण देखिएपछि जिल्लाकै ल्यावका स्वास्थ्यकर्मीलाई स्वाब संकलन सम्बन्धी प्रशिक्षण दिइरहेको आचार्यले जनाए । हाल भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको स्वाब परीक्षण गरिरहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।