☰ open Loading... 19 April 2024|  

लक्ष्मी बैंकद्वारा १० लाख सहयाेग
  | २४ चैत्र २०७६, सोमबार १६:२२

सुर्खेत । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश सरकारलाई १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

सहयाेग रकमकाे चेक लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख शैलेन्द्र राज पाण्डेले कर्णाली प्रदेशका मुख्यसचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले बै‌ंककाे सञ्चालक समितिले १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेकाे थियाे ।

साेही निर्णयअनुसार नेपाल सरकारकाे केन्द्रिय काेषमा ३० लाख र बाँकी  ७० लाख सातैवटा प्रदेशका सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाखका प्रदान गरिएकाे लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख शैलेन्द्र राज पाण्डेले जानकारी दिए ।

उनले सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

साथै महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्दत पुग्ने उनले बताए ।  नियमित बैंकिङ सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत यो सहयोग गरिएको पनि उनले जनाए ।