☰ open Loading... 19 April 2024|  

सुर्खेतका सात पालिकालाइ इसाइ समाजद्वारा राहत रकम हस्तान्तरण
  | २ बैशाख २०७७, मंगलवार १६:३२

सुर्खेत । इसाई समाज सुर्खेतको आयोजनामा विरेन्द्रनगर नगरपालिका भित्र रहेका मण्डलीहरुबाट संकलित राहत रकम सुर्खेतका नाै वटा पालिकाहलाई हस्तान्तरण गरेको छ । सुर्खेत जिल्ला भरिका चर्चहरुबाट संकलित पाँच लाख ३० हजार चारसय राहत रकम पालिकाहरुलाइ मंगलबार समाजले हस्तान्तरण गरेकाे हाे ।

समाजले वीरेन्द्रनगर नगरपालिकाको कोषमा दुइ लाख १० हजार पाँच सय, पञ्चपूरी नगरपालिकालाई ५१ हजार, चौकने गाउँपालिकालाई २५ हजार, लेकबेशी गाउँपालिकालाई ६८ हजार, बराहाताल गाउँपालिकालाई ५० हजार, भेरीगंगा नगरपालिकालाई ६० हजार र गुर्भाकोट नगरपालिकालाई ६५ हजार नाै सय रुपैंया हस्तान्तरण गरिएको हो ।

वीरेन्द्रनगर उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) लाई राहत रकम जम्मा गरेको भौचर हस्तान्तरण गरिएको छ । इसाई समाज सुर्खेतका अध्यक्ष तथा बेथेल चर्चका पाष्टर रेभ. पा पदम गैरेले उक्त चेक हस्तान्तरण गरेका हुन ।

इसाई समाजकोतर्फबाट राहत हस्तान्तरण भेटघाटमा इसाई समाज सुर्खेतका अध्यक्ष रेभ.पा पदम गैरे, सह अध्यक्ष पा. नविन दर्लामी, उपाध्यक्ष पा. ज्ञान गुरुङ, उपाध्यक्ष पा. गोमन बस्याल, सचिव रेभ. पा पुर्ण बर्देवा सदस्य पा.शिव परियार र निस्सी एजि चर्च का अगुवा दिल बहादुर चौधरीलगायतको उपस्थिती थियो ।