☰ open Loading... 20 April 2024|  

र्‍यापिड टेस्ट गर्दा मुगुका एक पुरुषमा देखियो कोरोनाको एन्टिबडी पोजेटिभ
  | ४ बैशाख २०७७, बिहीबार १८:३६

सुर्खेत । मुगुका एक जनामा र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। खत्याड गाउँपालिकाका ति व्यक्तिमा आज गरिएको ¥यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको पुष्टी गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले गरेका हुन् ।

रोजगारीका लागि भारत गएका उनी चैत्र १ गते रुपैडिया नाकाबाट नेपाल आएका थिए । खत्याड भने चैत्र सात गते पुगेको अध्यक्ष शाहीको भनाई छ ।

‘गोठिज्यूला झरेर उहाँसहित दुई जना आउनु भएको रहेछ’ अध्यक्ष शाहीले भने, ‘सँगै आएको व्यक्तिको रिपोर्ट भने नेगेटिभ देखाएको छ ।’ गाउँपालिकाले ¥यापिड टेस्टमा पोजेटिभ देखिएका व्यक्तिलाई गाउँपालिकाकै रातापानीमा आइशोलेशनमा राखिएको छ ।

‘उहाँको अवस्था सामान्य छ, उहाँका परिवारका सदस्यहरुको पनि टेस्ट गर्ने तयारीमा छौं’ अध्यक्ष शाहीले भने, ‘¥यापिड टेस्टमा पोजिटिभ देखिएका उहाँको पिसिअार परीक्षणका लागि स्वाब संकलन गरेर शुक्रबार सुर्खेत पठाउने गृहकार्यमा जुटेको छाै‌ं ।’