दैलेख, वैशाख ६– ब्यक्तिगत खर्चमा नेपाल विद्यार्थी संघकका नेता तथा निर्वंतमान आमन्त्रित केन्द्रिय सदस्यहरु लोकेश प्रसाद आर्चाय र आठविस नगरपालिका नगर संयोजक नगेन्द्रबहादुर शाहीले संयूक्त रुपमा सर्जिकल गोलोब्स आठविस नगरपालिकालाई सहयोग गरेका हुन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देशमा लक डाउन गरिएको अवस्थामा आवश्यक स्वास्थ्य सामाग्री ब्यक्तिगत खर्चमा किनेर नगरपालिकामा दिईएको हो ।
क्याप्सन ः सर्जिकल गोलोब्स नगर प्रमुख तथा उपप्रमुखलाई हस्तान्त्ररण गर्दै ।
४ सय ५० जोडा सर्जिकल गोलोब्स ५१ औं नेपाल विद्यार्थी संघको स्थापना दिवश पारेर आर्चाय र शाहीले आठविस नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा सहयोग पुग्ने गरि नगरपालिकालाई दिएका हुन । नगरपालिका मार्फत स्वास्थ्य संस्थामा ब्यक्तिगत रुपमा दुई जना मिलेर सानो सहयोग गरिएको लोकेशप्रसाद आर्चायले बताए । यसअघि लोकेशले आठविस नगरपालिकाभर १२ सय बढी विद्यार्थीहरुका लागि झोला वितरण गरेका थिए । त्यस्तै उनले छाउपडी कुप्रथाबारे जनचेतना कार्यक्रम नगरपालिकाभर गरेका थिए ।