☰ open Loading... 1 December 2024|  

सरकार कुरामा मात्रै सिमित : जीवन शाही
  | ९ बैशाख २०७७, मंगलवार ०९:०९

९ वैशाख, नेपालगन्ज – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश सभासद जीवन शाहीले बिपद व्यवस्थापनकोे लागि केन्द्रिय सरकार र प्रदेश सरकारसंग करोडौं बजेट भएपनि व्यवस्थित गर्न नसकेको बताएका छन । सरकारको कमजोर व्यवस्थापन र परिचालनले प्रकोप नियन्त्रणमा सरकार असफल भएको नेता शाहीले आरोप लगाए ।

कर्णाली प्रदेशको प्रतिपक्ष दलको मुख्य नेता समेत रहेका शाहीले जनताको पीडा बुझ्ने भन्दा सरकार कुरामा मात्रै सिमित भएको लालआवाजसँगको कुराकानीमा बताए । सरकार प्रकोपको बेला बजेट छुट्याएर अनियमितता र भ्रष्टाचार तिर लागिरहेको नेता शाहीको दावी छ । शाहीले भने, ‘कर्णालीमा बजेटको कमि छैन, होइन ।

कर्णालीको सिमाना ५ नम्बरको बबई हो । मान्छेहरुको बेहाल छ ज्यालामजदुरी गर्न गएको मान्छे घर फर्किन बैशाख महिनाको गर्मीमा पैदल हिडिरहेको छन । तिनिहरुलाई स्वास्थ्य सहित सुरक्षित पुर्याउन मैले प्रदेश सरकारसंग भनेको छु ।’ हुम्ला जुम्ला लगायतका कर्णालीका प्राय मान्छे नेपालगन्जमा बस्ने भएकाले उनीहरु गृह जिल्ला जान नसकेको अबस्थामा हवाईजहाजबाट पुर्याउन कुरा भएपनि व्यवस्थापन र परिचालन कर्णाली प्रदेश सरकारले गर्न नसकेको उनले बताए ।

‘अहिले सत्ता र प्रतिपक्षी बन्ने बेला नै हैन उनले भने, करोडौंको बजेट बिनियोजन भएको छ बिपद कोषमा तर आफ्नो पराई भन्ने रोग र राहतमा राजनीति भैरहेको छ त्यो हुनु हुदैन ।’ देश रहे, नागरिकहरु रहे पो राजनीति गर्ने देश जनता नै नरहे कसरी के को राजनीति गर्ने भन्दै शाहीले ५ केजी चामल दिने फोटो खिचेर फेसबुकमा हाल्ने गरेर पीडामा रहेका जनताको समस्या समाधान नहुने बताए ।

साच्चिकै बिपन्न मजदुरी ज्यालागरि खानेलाई ठुलो समस्या भएकाले सरकारले गम्भीर रुपमा लिनु पर्ने नेता शाहीले बताए । महामारीबाट बच्न लकडाउन र सामाजिक दुरी कायम राख्नु निर्विकल्प भएको शाहीले बताए । कोरोना विश्व महामारी नै भएकाले रोगले धनी गरिब, सत्तापक्ष र बिपक्ष नभन्ने भन्दै सबै मिलेर जानु पर्नेमा शाहीले जोड दिए ।



नेता शाहीले भने, ‘विकसित मुलुकका प्रधानमन्त्री मन्त्रीहरूलाई समेत संक्रमण भएका न्युजहरुले सहजै बुझ्न सकिन्छ । स्वास्थ्य प्रणाली उन्नत विकसित भएका देशले सचेतता र सावधानी नअपनाउदा संक्रमण र मृत्यु हुनेको संख्या निकै कहालीलाग्दो अबस्थामा पुग्यो र अझै नियन्त्रण भन्दा बाहिर छ । हामी सबै सचेत भएर जान आवश्यक छ ।’

नेपालमा कोरोना भएको प्रमाणित त भयो तर कर्णालीमा जनसंख्या कम र दुरि कम भएको कारण सङक्रमण कम भएको उनले बताए । सङक्रमण कम भए पनि दोश्रो र तेस्रो देशबाट आवागमन र खुल्ला सिमानाको कारण समस्या आउने भन्दै सबैलाई सचेत रहन नेता शाहीले आग्रह समेत गरे ।@साभार