☰ open Loading... 19 April 2024|  

कर्णालीका सभामुखले पठाए गाउँगाउँमा स्वास्थ्य सामग्री
  | १० बैशाख २०७७, बुधबार ०६:२९

दैलेख । कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहीले दैलेखका गाउँ–गाउँमा स्वास्थ्य सामग्री पठाएका छन् । शाहीले दैलेखका चामुण्डाविन्द्रासैनी, दुल्लु, चामुण्डाविन्द्रासैनी, आठविस नगरपालिका तथा भैरवी, ठाँटीकाध गाउँपालिकाका लागि स्वास्थ्य सामग्रीहरु पठएका हुन् ।


सभामुख शाहीले कोरोना भाइरस नफैलिन दिन चामुण्डाविन्द्रासैनीलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । सभामुखले वितरण गरेको स्वास्थ्य सामग्रीमा अतिआवश्यक पिपिआर लगायत छन् ।

सभामुखले स्वास्थ्य सामग्री पठाएपछि चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले सभामुख शाहीलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको शाहीको भनाई छ ।

भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग कार्य सम्पन्न भएकाले आज ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सभामुख शाहीले जानकारी दिए ।

यता नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन क्षेत्र नं. २ को प्रदेश (ख) का अध्यक्ष बखत भण्डारीले नगरपालिकालााई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन् ।