☰ open Loading... 18 April 2024|  

माैसमविद्का अनुसार – ‘याे हप्ताभरि माैसम खुल्ने सम्भावना छैन’
  | २२ बैशाख २०७७, सोमबार १०:०४

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो ।

यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेकाे छ । पोहोर र परार यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हाे ।
मौसमविद् नगरकोटीले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेकाे जानकारी दिनुभयाे । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको उहाँको भनाइ छ ।
आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाकाे अनुमान छ । @उज्यालो