☰ open Loading... 19 April 2024|  

कर्णालीसँग सीमा जोडिएका सबै नाका बन्द गर्ने निर्णय
  | २२ बैशाख २०७७, सोमबार १५:१२

सुशील खड्का
सुर्खेत । छिमेकी प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली सरकारले सात दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले आज राती १२ बजेदेखि लागु हुनेगरी सात दिनसम्म प्रदेश आउने सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने निर्णय गरिएको मुख्ममन्त्री प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार सल्यानकाे कपुरकाेट, सुर्खेतकाे बबइ, कुइन लगायतका नाका पूर्ण रुपमा अावतजावत बन्द गरिनेछ भने खाद्यन्न बाेकेका सवारी पनि सञ्चालनमा राेक लगाइएकाे छ ।