☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

नेकपा नेता रिजालकाे पहलमा स्वास्थ्य सामग्री दैलेख पठाइयाे

  |

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उप प्रमुख विष्णु रिजालको पहलमा दैलेखमा जिल्लामा थप स्वास्थ्य सामाग्री पुर्याइएकाे छ । दैलेखमा पर्याप्त स्वास्थ्य उपकरणको अभावमा रहेको जिल्ला स्वास्थ्य कार्यालय र दुल्लु अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री नेता रिजालकाे पहलमा पठाइएकाे हाे ।

नेता रिजालले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर अावश्यक स्वास्थ्य सामाग्री दैलेख पुर्याइएकाे छ ।  दुल्लु अस्पतालले पनि नेता रिजालको समन्वयमा पठाएको ज्वरो नाप्ने थर्मल गन ,ग्लोबल,सजिर्कल माक्स लगायतका सामाग्री अस्पतालमा पुगेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका इन्चार्ज डा. निरञ्जन पन्तका अनुसार जिल्ला स्वास्थ्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ५० वटा पीपीइ, सेनिटाईजर २० लिटर, सर्जिकल दुइ हजार पाँच सय, ग्लोबल र २ वटा आइ आर थर्माेमिटर गन आएको जनाए ।

नेता रिजालले दुल्लु अस्पतालमा भने आफ्नो समन्वयमा काठमाडौँमा विभिन्न क्षेत्रमा रहेका साथीहरू र आफ्नो सहयोगमा थर्मल गन, ग्लोबल, सर्जिकल माक्सहरू पठाएको जनाए।

उनले भारत लगायतका तेस्रो मुलुक बाट आएकाहरूको छिटो स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्री पठाएको बताए । नेता रिजाल दैलेखको भैरवी गाउँपालिका निवासी हुन ।

प्रकाशित मितिः बुधबार, बैशाख २४, २०७७     3:22:04 PM
error: Content is protected !!