☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

पश्चिम नेपालमै धेरै वर्षा सुर्खेतमा

  |

सुशील खड्का
सुर्खेत । भारतको उत्तराखण्डस्थित नैनी ताल आसपासमा विकास भएको मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलिमिटर वर्षा भएको रेकर्ड मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको हो ।


वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्गलामा ५ र दैलेखमा ७.२ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै बर्दियाको रम्बापुरमा २५, रानीजरुवामा १२, चेपाङ बबईमा २२.४, कैलालीको चिसापानीमा १९.४ र अछामको साफेबगरमा २ मिलिमिटर वर्षा भएको छ ।

बिहीबार विहान २ बजे भारतको नैनीतालमा विकास भएको प्रणाली सुर्खेत आइपुग्न तीन घण्टा लागेको थियो । ‘बिहान पाँच बजेदेखी सुर्खेतमा हावाहुरीसहितको चट्याङ र असिना पार्ने बादल सुर्खेत आइपुगेको थियो’ जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले भने, ‘तीन घण्टामा झण्डै ४६ मिलिमिटर वर्षा सुर्खेतमा परेको रेकर्ड भएको छ ।’

यो प्रणाली तिव्र गतिमा पूर्वी नेपाल सरिरहेको पराजुलीको भनाई छ । ‘दिउँसोबाट पश्चिम नेपाल खुल्ने देखिन्छ’ पराजुलीले भने, ‘विस्तारै केही दिन मौसम सफा हुने सम्भावना रहेकाे छ ।’

प्रकाशित मितिः बिहिबार, बैशाख २५, २०७७     8:33:55 AM
error: Content is protected !!