☰ open Loading... 29 March 2024|  

हावाहुरीले हर्रेस्थित नेपाल टेलिभिजन र रेडियो नेपालको टावरमा क्षती
  | २५ बैशाख २०७७, बिहीबार १३:२१

सुर्खेत, २५ बैशाख ।
वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ । भेरीगंगा नगरपालिका ४ हर्रे चमेरे डाँडामा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेशनको टावर आज विहान हावाहुरीले ढालेको हो ।

टावर ढलेपछि भौतिक रुपमा क्षती पुगेपनि मानविय क्षती नभएको रेडियो नेपाल रिले स्टेशन हर्रेका प्राविधिक मोहन खत्रीले जानकारी दिउ ।

टावर ढलेपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिन भाँचिएपछि प्रशारण अवरुद्ध भएको खत्रीले बताउ । क्षतिग्रस्त टावरलाई बनाउन केही समय लाग्ने भएपछि वैकल्पिक माध्यमबाट एफएम रेडियो सञ्चालनमा ल्याउने गृहकार्य शुरु गरिएको रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिउ ।