☰ open Loading... 16 April 2024|  

कर्णालीमा पनि दिप प्रज्वलन ः मुख्यमन्त्री शाहीद्वारा स्वास्थ्यकर्मीलाई धन्यवाद
  | २५ बैशाख २०७७, बिहीबार १९:५२

सुर्खेत । कर्णाली प्रदेशमा पनि दिप प्रज्वलन कार्यक्रम गरिएको छ । दिप प्रज्वलन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य देशमा कोरोनाले ज्यान लिइरहँदा नेपालका सबैलाई बचाउन सकिएको बताउँदै सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनु भएको छ ।

दिप प्रज्ववलन पश्चात संक्षिप्त प्रतिक्रिया दिदैं मुख्यमन्त्री शाहीले देशमा शान्ति छाओस भन्ने कामना सहित कोरोनाबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

देशै भरीका स्वास्थ्यकर्मीमा थप उत्साह छाओस भन्ने चाहनाका साथ कर्णालीमा पनि दिप प्रज्वलन गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । यसैविच, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, सरकारका सबै मन्त्रीहरु सबैले नेपालमा दिगो शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका छन् ।