☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

सडक खन्दा विवाद प्रहरीमाथि आक्रमण, दुई घाईते

  |

गोविन्द केसी
दैलेख, वैशाख २८– चामुण्डाविन्द्रासैनी नगरपालिका ४ धनपाया–साल्टाकुरा–साल्तडा जङ्गले सडकमा जग्गा विवाद हुँदा शनिवरा ७ बजेरित झडप भएको छ । जग्गा विवाद हुँदा पुगेको प्रहरीमाथि नै स्थानीयहरुले आक्रमण गर्न थालेपछि २ राउण्ड हवाइ फायर गरिएको हो । स्थानीय एक र एक जना प्रहरी घाईते भएका छन् । घाईते प्रहरीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेको नाम सार्वजनिक गरिएको छैन् । घटनास्थलमा ठुलो संख्यामा स्थानीयहरु भेला भएको जनाईएको छ । घटनालाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय दुल्लुबाट थप प्रहरी टोली खटाईएको छ । विवाद भएको ठाउँमा पुगेको प्रहरीमाथि आक्रमण हुन थालेपछि प्रहरीले भिड् तितरवितर गर्न हवाइ फायर गरेको दैलेख प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए । ३ दिनदेखी जग्गा विवाद सडकको काम रोकिएको थियो । विवाद मिलेको थियो, प्रहरी आएलगत्तै आक्रमण हुन थालेपछि हवाइ फायर भएको उक्त सडकका उपभोक्ता समितिका कोषाध्यक्ष लोकेश शाहीले बताए । प्रदेश सरकारको २० लाख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको साडे ५ लाखमा उपभोक्ता समिति मार्फत सडक निर्माण गर्न लागिएको थियो । ३ वर्षदेखी उक्त सडक खन्न लागिएको थियो । पहिलो वर्ष ५ लाख उपभोक्ता समिति मार्फत र दोस्रो वर्ष ३ लाख कोटेशन मार्फत खनिएको थियो । यो वर्ष प्रदेश सरकार र नगरपालिका मार्फत उपभोक्ता समितिले सडक बनाएको थियो । समिति २ वटा बनेका कारण पहिला विवादित यो सडक अहिले जग्गाका कारण विवाद भएको स्थानीय बताउँछन् । नगरपालिकाले एउटा समितिलाई मान्यता दिएर काम गराएको थियो । यो सडक १३ किलोमिटर छ । पुरै सडक सर्वे भएको छैन् । समिति मार्फत डोजरले काम गर्दै सर्वे अघि बढेको जनाईएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७     10:02:30 AM
error: Content is protected !!