☰ open Loading... 29 March 2024|  

ठूलो वर्षा गराउने वायु सुदूरपश्चिम प्रवेश, सजकता अपनाउन माैसमविद्काे अपिल
  | २८ बैशाख २०७७, आईतवार १५:१८

सुशील खड्का
सुर्खेत । चट्याङसहित ठूलो वर्षा गराउने वायु पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । पश्चिमी वायुको न्यून चापिय प्रणालीमा स्थानीय वायु मिसिएकाले हावाहुरी, चट्याङ र ठूलो वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गानाले जानकारी दिए ।

भारतको उत्तराखण्ड आसपासमा बनेको प्रणालीले पश्चिम क्षेत्रमा ठूलो वर्षा गराउने सम्भावना रहेको मौसमविद प्रधाङ्गानाको भनाई छ ।

‘सुदूरपश्चिम र कर्णालीको पहाडी भु–भागमा स्थानीय वायु पनि बनिरहेको छ, पश्चिमबाट नेपाल आइरहेको वायुले ठूलो वर्षा गराउने देखिन्छ’ मौसमविद् प्रधाङ्गानाले भने, ‘अहिले उक्त प्रणाली सुदूरपश्चिम प्रदेशमा प्रवेश गरिसकेको छ, यो विस्तारै कर्णालीहुँदै प्रदेश ५ सम्म असर गर्ने देखिन्छ ।’

साँझसम्ममा कर्णाली प्रदेश अाइपुग्ने प्रणालीले मेघगर्जन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन प्रधाङ्गानाले आग्रह गरे ।