☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

पेस्तोलसहित फरार भएका प्रहरी जवान मृत फेला

  |

सुर्खेत । हतियारसहित फरार भएका प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । पूर्वी सुर्खेतको प्रहरी चौकी आग्रीगाउमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सिम्ता गाउँपालिका आग्रीगाउको ऐसेलु घारीमा मृत अवस्थामा भेटिएका हुन् ।

डिउटीमा रहेका खड्का एक थान पेस्तोल र सात राउण्ड गोलीसहित सोमबार राती भागेपछि प्रहरीले खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय बादेपिपल राकमबाट खटिएको प्रहरी टोलीले आज विहान ९ बजे खड्काको मृत अवस्थामा शव भेटाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।

प्रहरी चौकीको एक हजार पाँच सय मिटरको दुरीभित्र नजिकै कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवानको शव भेटिएको सूचना अधिकारी रायमाझाीको भनाई छ ।

गुर्भाकोट नगरपालिका मेहलकुना घर भएका प्रहरी जवान खड्काको हत्या वा आत्महत्या के भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३०, २०७७     10:17:47 AM
error: Content is protected !!