☰ open Loading... 19 April 2024|  

दैलेखका कोरोना संक्रमित युवालाई सरस्वती मावि तर्ताङ्गमा राख्ने तयारी
  | ६ जेष्ठ २०७७, मंगलवार १९:०२

दैलेख जेठ६-कोरोना भाइरस (कोभिड १९) पुष्टि भएका दैलेखका आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई सरस्वती माध्यमिक विद्यालय नारायणनगरपालिका ८तर्ताङ्गकाे आइसुलेसन वार्डमा राख्ने तयारी गरिएको छ ।ती युवकलाई बाटोमा ल्याउदै गरिएको दैलेखका जिल्ला प्रहरी प्रमुख डिएसपी हरि बहादुर वलीले बताउनुभयो।
सदरमुकाममा राम्रो उपचार गर्न सकियोस् भन्ने उदेश्यले यहाँ ल्याउन लागिएको हाे। यसैबीच कोरोना भाइरस (कोभिड १९) संक्रमित युवकको उचित उपचार व्यवस्था गर्न प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले आग्रह गर्नुभएको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै कर्णालीमै पहिलो कोरोना संक्रमित दैलेखमा देखिए पनि संक्रमण बढ्न नदिन स्थानीय सरकार, स्वास्थ्यकर्मी, सरोकारवाला सबैको तत्परता बढाउन र धैर्यतासंगै सुरक्षित रहन स्थानीयलाई साँसद बिशुन्केले अनुरोध गर्नुभएको छ ।