☰ open Loading... 16 April 2024|  

कर्णालीमा थप तीन जनाको पीसीअार रिपोर्ट शंकास्पद
  | १० जेष्ठ २०७७, शनिबार ०९:४९

सुर्खेत । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिपोर्टमा थप तीन जनाको शंकास्पद रिपोर्ट आएको छ । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीअार रिपोर्ट शंकास्पद आएपछि पुन:परीक्षणका लागि नेपालगञ्ज पठाइएको हो ।

बिहीबार बबई नाकामा गरिएको आरडीटी परीक्षणमा पोजेटीभ रिपोर्ट आएका १३ जना मध्य तीन जनाको पीसीआर रिपोर्ट शंकास्पद आएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जनालाई शुक्रबार साँझ नै प्रदेश अस्पताल कालागाउँको आइशोलेसन कक्षमा राखिएको छ । तीनै जनाकाे पुन:परीक्षण रिपाेर्ट अाज दिउसाेसम्म अाइसक्ने सामाजिका विकास मन्त्राललयका जनस्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

उहाँका अनुसार सबैकाे स्वास्थ्य अवस्था सामान्य छ । शंकास्पद रिपाेर्ट अाएका दुइ जना श्रीमान श्रीमति हुन् हुन् । तीन जनाको ट्राभल्स हिष्ट्रीमा कति जना आएका थिए भन्ने खोजीमा मन्त्रालय जुटेको छ ।

बराहतालका उनीहरुलाई नेपाली सेनाको खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको थियो । कर्णालीमा यसअघि दैलेख आठविसका एक जनामा कोरोना पुष्टी भएपछि थप उपचारको प्रदेश अस्पतालमा राखिएको छ ।