☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

सुर्खेतका तीन जनामा काेराेना पुष्टी

  |

सुशील खड्का
सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभीड–१९) बाट संक्रमित हुनेको संख्या चार पुगेको छ । भारतबाट सुर्खेत आएका तीन जनामा आज कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार तीनै जनाको कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टी भएका तीनै जना जेठ ८ गते भारतबाट फर्किएका थिए ।

बबइमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो ।

सुर्खेतमा गरिएको पीसीआर परीक्षण संकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे पनि काेराेना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेकाे छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १०, २०७७     2:59:42 PM
error: Content is protected !!