☰ open Loading... 20 April 2024|  

कर्णालीमा कोरोना संक्रमण बढ्दै
  | १५ जेष्ठ २०७७, बिहीबार १३:२३

गोविन्द केसी दैलेख, जेष्ठ १५ – कोरोना भाइरसबारे समाचारमा सुन्दै आएका नारायण नगरपालिका –६ देवेन्द्र बस्नेत अहिले आफ्नै वडामा कोरोना भाइरसबाट संक्रमित विरामी भेटिएको खवरले झस्किएका छन् । लक डाउन पुरै पालना गरेका घरमै बसेका बस्नेत आफ्नो वडाका विरामी भएको खवरले एकछिन आत्तिए पनि । पुरै खवर सुनेपछि उनमा धैर्यता रहयो । स्थानीय तह र सुरक्षाकर्मीको सहयोगमा क्वारेन्टाइनमा पहिले बस्ने ब्यवस्थासंगै चेकजाँच गरिएकाले गाउँसम्म संक्रमण फैलन पाएन् । भारतबाट आएका संक्रमित ती यूवालाई क्वारेन्टाइनमै चेकजाँचबाट कोरोना पुष्टि भएपछि सदरमुकाम नजिक रहेको सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसुलेसनमा राखीएको थियो । संक्रमित घरपरिवारसंगको सम्र्पकमा पुग्न नपाउँदै परिक्षण गरिएको थियो । अहिले दैलेखका ७ जना त्यही विद्यालयमा बनाएको आइसुलेसनमा छन् । बस्नेत मात्रै होईन् अहिले दैलेखमा फेला परेका संक्रमितको खवरले पुरै जिल्ला नै क्रसित छ । सदरमुकामसंगै जोडिएका दुई वटा वडामा दुई जना कोरोनाका विरामीहरु फेला परेपछि स्थानीयहरुले सजकता अपनाएका छन् । त्यस्तै सदरमुकामसंगै जोडिएको डुंगेश्वर गाउँपालिकाका ३ जना स्थानीयमा पनि कोरोना देखीयो । त्यस्तै अहिले नारायण नगरपालिकाको १, ३, ४ र ५ वडामा थप ८ जनामा कोरोना भाइरस देखीएको छ । त्यस्तै सोमवार गुरासँ गाउँपालिकाका २ जनामा पनि कोरोना पुष्टि भयो । गुरासँ पुरानो कर्णाली छिर्ने प्रमुख नाका समेत हो । वडाबासीहरुमा जनचेतनादेखी नयाँ मान्छेसंगको सजकता अपनाउने गरेको नारायण नगरपालिका –३ का वडाअध्यक्ष चन्द्रप्रसाद उपाध्यायले बताए । भारतमा रेल सेवा सुरु भएसंगै नेपाल फर्किएकाहरुबाट कोरोना कर्णालीमा आएको हो । कर्णालीमा पहिलो संक्रमितसंगै दैलेखमा दुई दिनमा ७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश अस्पतालले मंगलवार २ जना र भेरी अस्पतालले सोमवार ५ जनामा कोरोना भाइरस भएको पुष्टि गरेको हो । सुर्खेतमा ३० र दैलेखमा १६ जनामा कोरोना भाइरस देखीएको छ । कर्णालीमा जम्मा ४६ जनामा कोरोना भाइरस देखीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्याप्सन ः आइसुलेसन बनाईएको दैलेख सदरमुकामको सरस्वती माध्यमिक विद्यालय जहाँ १५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

परिक्षण कार्य तिव्र गतिमा भएपनि आवश्यक किटहरु सकिने अवस्थामा रहेको छ । चेकजाँच विनै सिधा जिल्लामा भारतबाट आएका ब्यक्तिहरुलाई पश्चिमका विभिन्न नाकाबाट उद्धार गरेर पठाईएको छ । जिल्लामा आवश्यक कटि पनि छैन् । किट नहुँदा थप जोखीम बढाएको दैलेखका नागरिक समाजका अगुवा रुपक थापाले बताए । जिल्लाभर ६ दिनयता ५ हजार ब्यक्ति भारतबाट आईसकेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा ब्यवस्थापन गर्न स्थानीय तहहरुलाई हम्मेहम्मे परेको छ । ब्यवस्थापनका लागि सिगो नगरपालिका नै लागिपरेको दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए । दुल्लु नगरपालिकामा मात्रै भारतका विभिन्न सहरबाट १० हजार ब्यक्ति आउने आंकलन गरिएको छ ।