☰ open Loading... 19 April 2024|  

अस्पताल लिन नपाउँदै क्वारेन्टाइनमा मुत्यु
  | १७ जेष्ठ २०७७, शनिबार १५:२५

गोविन्द केसी
दैलेख, जेष्ठ १७– भारतबाट १० दिन अघि दैलेख आएका ३५ वर्षका एक ब्यक्तिको मृत्यु भएको छ । दुल्लुनगरपालिका –११ घर भएका उनी क्वारेन्टाइनमा बेहोस भएका थिए । सामान्य उपचार क्वारेन्टाइनमै भएपनि नजिकै रहेको दुल्लु अस्पतालसम्म लग्न सकिएन् । अन्तत क्वारेन्टाइनमै उनको मृत्यु भयो । दुल्लुबजार स्थित विद्युतको सव स्टेशन भवनमा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो । उनीसंगै ७९ जना त्यहाँ बस्छन् । अस्पताल नजिकै भएपनि राम्रो उपचार नपाएरै क्वारेन्टाइनमा मृत्यु भएको होे ।

शनिवार विहान क्वारेन्टाइनमा उपचारकै क्रममा मृत्यु भएको दुल्लु अस्पतालले जनाएको छ । उनी भारतमा हुँदा पनि विरामी भईरहने गरेको स्थानीयहरुले बताए । विरामी हुने गरेपनि उनलाई कुनै रोग नदेखीएको आफन्तहरुले बताए । तिनदिन अघि उनको स्वाब परिक्षणका लागि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । अँझै रिर्पोट नआएको दुल्लुनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोतीराम आर्चायले बताए ।