☰ open Loading... 16 April 2024|  

कर्णालीमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएका ब्यक्ति यसरी आईपुगेका थिए दैलेख
  | १७ जेष्ठ २०७७, शनिबार १९:१३

गोविन्द केसी
दैलेख, जेष्ठ १७– कर्णाली प्रदेशमा पहिलो पटक कोरोना भाइरसबाट मृत्यु हुने दुल्लुनगरपालिका –११ का ३५ वर्षका यूवा १० दिनअघि दैलेख आईपुगेका थिए । उनी भारतको गुजरातस्थित अहम्दावाजमा एक होटलमा कुकको काम गर्ने उनी पटक पटक भारत गइरहन्र्थे । तर, यसपटक उनी लामो समय बसेका थिए। उनी १ वर्ष भारतमा बसेर दैलेख फर्केका थिए । उनी रेल सेवा संञ्चालनभएसँगै  नेपाल फर्किएका थिए। उनी भारतको बराईजमा ७ दिन क्वारेन्टाइनमा बसेर फर्केका थिए । बराईजबाट फर्कदा रात परेपछि रुपैँडियामा बास बसेका थिए ।

भोली पल्ट उनी नेपालगजं हुँदै दुल्लु नगरपालिकाले ब्यवस्थापन गरेको गाडीमा सिधै दुल्लुनगरपालिकामा आएका थिए । विद्युत सव स्टेशनमा बनाईएको क्वारेन्टाइनमा उनीसहित अन्य २ जना एउटा कोठामा बस्थे । सगै बस्ने दुई जना मृत्तककै नजिकका गाउँका हुन् । दुल्लु आएको १० दिनको दिनको विहान १० बजे उनको मृत्यु भएको थियो । उनीसंगै बसमा ४२ जना आएका थिए । बाटोमा उनको गाउँ नजिकका ४ जनासंग सम्पक भएको बुझिएको छ । उनी गाउँ नपुगी सिधा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बसेका थिए ।