☰ open Loading... 6 August 2020|   बिहिबार, साउन २२, २०७७

कोरोना कहर :दैलेखलाई पहिलो प्रथामिकतामा राखेर परिक्षण गर्नुपर्छ (अध्यक्ष केसी )

  |

१८ जेष्ठ देलेख –पछिल्लो समयमा सबैभन्दा वढी काेराेना संक्रमण देखिएको दैलेखलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण को दायरा वढाउनु पर्ने देखिएको छ । कोभिड १९ लाई नियन्त्रण गर्ने तिर भन्दा सस्तो लोकप्रियता का लागी राजनीतिकरण नगर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले आग्रह गर्नुभएको छ।

स्थानीय सरकारले कोरोना परीक्षणका लागी आवश्यक स्वास्थ्य सामग्री खरीद प्रक्रियामा जानु पर्ने उहाँको भनाई छ । सम्पुर्ण रेडियोकर्मी पत्रकारहरूलाई स्वास्थ्य सुरक्षालाई ध्यान मा राखी सजगता अपनाई काम गर्न उहाँले अपिल गर्नुभएको छ ।

परीक्षण लाई जेठ भित्र व्यापक नवनाई बर्षाद मा झनै जोखीम परीक्षण मा असहज हुने र माहामारीले मुख्य रूप लिन सक्छ समयमै तिनै तहका सरकारले त्यस तर्फ ध्यान दिन केसिले अपिल गर्नुभयो ।

दैलेखबाट जीतेका प्रदेश तथा संघीय सरकारका माननीय ज्यूहरूले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई जिम्मेवारी वहन गर्न अनुरोध समेत उहाँले गर्नुभएको छ । कोभिड १९ नियन्त्रणमा सरकार कहाँ चुक्यो र प्रयोगशाला व्यवस्थापन परिक्षण सामाग्री तथा स्वास्थ्य सामाग्री माक्स, सेनीटाइजर ,पिसिआर सेट लगाएत सामाग्री समयमै खरीद गर्न सक्नु पर्थो त्यो वर्तमान सरकारले गर्न नसकेको उहाँको भनाई छ ।

पिसिआर परिक्षणको दायरा वढाउन नसक्नु ठुला क्षमताको पिसिआर मेसिन दक्ष जनशक्तिको व्यवस्था हरेक जिल्ला स्तरमा व्यवस्थापन गर्न सक्नु कोभिड १९ माहामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरीम निर्देशिकामा नै अन्योल भयो । जस्तै :अस्पतालको वर्गीकरणमा प्रदेशमा एक | दुई वटा कोभिड हस्पीटल बनाएर कोरोनाका बिरामीको उपचार सम्भव नै थिएन।

स्थानिए तह, प्रदेश र दुई संघिय सरकार बिच कुनै समन्वय हुन अझै  नसकेको अध्यक्ष केसिले बताउनुभयो । आफ्नो प्रदेशको, जिल्लाको पालिका तथा वडाको जनसंख्या कति भारतमा छ ,भन्रे सम्म तथ्याङक निकाल्न नसक्नु बिना योजना अनावश्यक खर्च भएको देखिन्छ । जसमा स्थानिए सरकारको चरम लापरबाही देखिएको उहाँले बताउनुभयो।

स्थानिय तह , प्रदेश र संघिय सरकार बिच राम्रो सम्बन्ध हुन नसकेको भेटियो, उद्धार गर्न र करमा ध्यान नदिएको देखियो, देशको अधिकांस जनसंख्या बिदेशमा छन् र खुल्ला सिमा छ । लकडाउन नै सम्पुर्ण उपाय हो भन्ने त गलत भयो स्थानिय तहलाई राम्रो सँग निर्देशन गरेको भए रोजगारीका लागि तेस्रो मुलुकमा मात्र हैन भारतमा गएकाहरुको पनि विवरण संकलन गर्न सकिने उहाँको भनाई छ ।

अध्यक्ष केसिले भन्नुभयो – हरेक बस्तिमा महिला स्वास्थ्य स्वंयमसेवक छन् । तिम्रो टोलको कति जना कुन देशमा छन् भनेर एकिन गरी थोरै सुविधा दिएर परिचालन गरेको भय एक हप्तामा अन्यत्रको त कुरा छोडौँ भारत बाट भित्रिन सकेको मानिसको समेत तथ्यांक निकाल्न सकिनथ्यो र सो अनुसारले तीनै तहका सरकार र तिनका संयन्त्रको प्रयोशाला सामाग्री र अन्य मेडिकल सामाग्री म्यानपावरको व्यवस्थापन गर्न सकिन्थो जसमा तिनै तहका सरकार असफल भएको पाइएको छ ।

कर्णालीको अवस्था हेर्दा उद्धार भन्दै गाडिका गाडि मानिस ओसारर्ने तर परिक्षणको बारेमा बर्तमान सरकारले वास्तै नगरेको र यतिकै अर्काको भर नपर्न सम्पुर्ण नागरीकमा उहाँले आग्रह गर्नुभएको छ । एम्बुलेन्सको व्यवस्थापन गर्ने नसकेको कोभिड १९ माहामारीको सन्द्रर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरीम निर्देशिका २०७६ मा नै थुप्रै त्रुटि देखिएको छ ।

प्रदेश सरकार ले प्रस्तुत गरेको निति तथा कार्यक्रम मा पनि महामारि नियत्रणमा ठूलो सहयोग गरिरहेका सामुदायिक रेडियो हरुका लागी कुनै कुरा समावेश नगरीनु दुखद कुरा छ । र कर्णाली प्रदेशमा सूचनाको मुख्य माध्याम भए पनि त्यसलाई प्रदेश सरकारले वेवास्था गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले गुनासो गर्नुभयो । प्रदेश सरकारले प्रस्तुत गर्ने वजेट भाषणमा पत्रकार र सामुदायिक रेडियो को लागी उचित राहात व्याकेज ल्याउन पनि प्रदेश सरकारलाई अनरोध उहाँले गर्नु भयो।

प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७     3:00:35 PM
error: Content is protected !!