☰ open Loading... 25 September 2020|   शुक्रबार, अशोज ९, २०७७

बाँकेमा सडक दुर्घटनामा परी ११ जनाकाे मृत्यु

  |

बाँके जेष्ठ १९ : बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया खोलामा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हाे । २२ जना घाइते भएका छन् भने भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जादै गरेका मजदुरहरु दुर्घटनामा परि ज्यान गुमाएका हुन।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी करिब राति १२ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ भने चार–पाँच जनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र ती मध्ये तीन जनाको अवस्था गम्भिर भएको भेरी अस्पताल का मेडिकल सुपरिटेन्ड प्रकाश थापाले जानकारी दिए । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १९, २०७७     8:49:26 AM
error: Content is protected !!