☰ open Loading... 18 April 2024|  

रिपोर्ट नेगेटिभ आएपछि ८ जना घर जाँदै
  | २३ जेष्ठ २०७७, शुक्रबार १९:३३

सुर्खेत — कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार ४ जना बच्चाको रिपोर्ट नेगेटिभ आए पनि उनीहरु आमासँगै भएकाले डिस्चार्ज गरिने छैन ।

कर्णाली प्रदेश अस्पतालमा हाल ६७ जना कोरोना संक्रमित उपचाररत छन् । डिस्चार्ज हुनेमा १ जना दैलेखका र अन्य सुर्खेतका रहेका डा. पौडेलले बताए ।

कर्णालीमा बिहीबारसम्म ३ सय ८९ जनामा संक्रमण देखिएको थियो ।@कान्तिपुर