☰ open Loading... 20 April 2024|  

कर्णालीका सात जनाले कोरोनालाई जितेर घर फर्किए
  | २३ जेष्ठ २०७७, शुक्रबार १८:४४

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशमा आज पहिलो पटक सात जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल सुर्खेतमा उपचारार्थ सात जनालाई आज डिस्चार्ज गरिएको कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिएका छन् ।


कोरोना मुक्त हुनेहरुमा सुर्खेत पाँच, दैलेखका एक र एक जना बोल्न नसक्ने महिला छन् । डा. पौडेलले कोरोना जित्ने एक जना महिलाको भने नाम र ठेगाना नखुलेको बताए ।

सांकेतिक भाषा प्रयोग गर्ने व्यक्ति नभएका कारण अस्पतालमै राखिएको पौडेलको भनाई छ । कर्णाली प्रदेश अस्पतालमा हाल ६० जना कोरोना संक्रमित उपचारारत छन् । कर्णालीमा बिहीबारसम्म ३ सय ८९ जनामा संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।