☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

दैलेखमा थप१०जनामा काेराेना संक्रमण

  |

दैलेख जेठ२६ -कर्णाली प्रदेशमा सोमबार थप १६ जना नयाँ काेराेना संक्रमित पुष्टि भएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ।

कर्णाली प्रदेशमा आइतबारसम्म ६४१ थियो ।आज थप १६ जनामा थप भएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । कर्णाली प्रदेशमा पछिल्लो समय भारतबाट आउने नागरिकहरुकाे संख्या बढेसँगै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार मात्र सल्यानका ५  जना, सुर्खेतका १ जना, दैलेखका १० जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताउभयाे । १६ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २६, २०७७     2:45:14 PM
error: Content is protected !!