☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टी

  |

सुर्खेत । कर्णालीमा थप २८ जनामा कोरोना पुष्टी भएको छ । योसँगै कर्णालीमा संक्रमित हुनेको संख्या एकहजार तीनसय ३५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तरगत रहेको स्वास्थ्य महाशाखाकाअनुसार आज संक्रमित पुष्टी हुनेमा सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट, कालिकोट, दाङ, धनुषा, रुपेन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना रहेको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

बुधबारसम्म कर्णालीमा कोरोना संक्रमणबाट निको भइ थप ८ जना डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँचसय ६८ पुगेको छ ।

कर्णालीमा कोरोनाबाट हालसम्म पाँच जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न क्वारेन्टाइनमा हालसम्म सातहजार सातसय ४१ जना बसिरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । उनकाअनुसार कर्णालीमा हालसम् मभारतबाट ४६ हजार ५० जना भित्रिएका छन् ।

प्रकाशित मितिः बुधबार, असार १०, २०७७     4:39:52 PM
error: Content is protected !!