☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

दैलेखकाे लोहोरे खोलामा बाढीको सतह बढ्याे सर्तकता अपनाउन अपिल

  |

सुशील खड्का
सुर्खेत । गएरातीदेखि परेको वर्षा कारण दैलेखको लोहोरे खोलामा बाढीको सतह बढ्दो क्रममा रहेको छ । तल्लो डुंगेश्वरमा रहेको बाढी मापन केन्द्रमा अहिले बाढीको सतह चार मिटरसम्म पुगेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो ।

रातीदेखि सुर्खेत, दैलेख र आसपास केही स्थानमा भारी बर्षा भएको र लोहोरेखोला तल्लो डुङ्गेश्वरमा जल सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

‘जलसतह सतर्कता अवस्थामा पुगेको र बढ्दो रहेको छ’ महाशाखाले जारी गरिएको सूचनामा भनिएको छ, ‘दैलेख र आसपासका साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र तटिय क्षेत्रमा सतर्कता अपनाईराख्न अनुरोध छ ।’

पछिल्लो २० घण्टामा ठूलो वर्षाको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पछिल्लो २० घण्टामा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीकाअनुसार प्रदेश ५ को पश्चिमी क्षेत्र दाङ, बाँके, बर्दियातर्फ बादल विकास भएर कर्णाली र सुदूरपश्चिम प्रदेशमा फैलिरहेकाले ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

‘भोलीसम्म ठूलो वर्षा हुने अनुमान गरिएको छ’ पराजुलीले भने, ‘मौसम विभागको मौसम र बाढी पुर्वानुमान महाशाखाले यस क्षेत्रका लागि सतर्कता जारी गरिसकेकाले सावधानी अपनाउन जरुरी छ ।’ पछिल्लो २४ घण्टामा गोठीकाँडामा ११०, एयर पाेर्टमा ४३.६, छिन्चुको कालिदमारमा ४३ र रातानाङ्गलामा ४० मिलिमिटर वर्षा मापन भएको छ ।

 

प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     8:51:00 AM
error: Content is protected !!