☰ open Loading... 29 March 2024|  

बजेट तथा कार्यक्रममा व्यावसायीक कृषि र स्थानीय रोजगारीलाई मुख्य प्राथामिकतामा समेट्दैै दुल्लू नगरपालिकाको सातौ नगर सभा सम्पन्न
  | १२ असार २०७७, शुक्रबार ११:००

दैलेख -ऐतिहासिक, पुरातात्कि र सांस्कृतिक नगरको रुपमा पहिचान बनाएको दुल्लू नगरपालिकाले आगमी आ.व.२०७७।०८७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट २०७७ असार १० गते आयोजना गरिएको नगर सभा मार्फत प्रस्तुत गरेको छ । नगर प्रमुख घनश्याम भण्डारीको सभाध्यक्षतामा संचालन भएको ७ औं नगर सभामा नगर उपप्रमुख विष्णु थापाले प्रस्तुत गर्नु भएको आ.व. २०७७।०७८ को वार्षिक नीति, कार्यक्रम र बजेटमा कुल प्रस्तावित बजेट रु. ८० करोड ४३ लाख ६६ हजार १ सय ६५ रुपैयाँको आय अनुमान गरिएको छ । प्रस्तावित आय अनुमानका आधारमा चालु खर्च तर्फ रु.७ करोड र विषयगत कार्यालय सहित न.पा. र वडाको पूंजिगत खर्च तर्फ रु. १७ करोड ९८ लाख ९५ हजार ६ सय ६५, ,संघ र प्रदेशवाट प्राप्त विषयगत शाखाका लागि सशर्त अनुदान, समपुरक अनुदान तर्फ ३५ करोड ७९ लाख र अन्य तर्फ १९ करोड ६५ लाख ७० हजार ५ सय हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख घनश्याम भण्डारीका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण र महामारीको जोखिम नगर पालिकामा समेत फैलिन थालेको अवस्थामा तत्काल संक्रमणको रोकथाम तथा महामारी नियन्त्रण गर्ने र आगमी दिनमा कोरोना भाईरसका कारण प्रभावित हुने नागरिकहरुलाई समेत तत्कालका लागि स्थानीय रोजगारी सृजना गर्ने गरी वार्षिक कार्यक्रम तर्जुमा गरिएको छ । नगरपालिकाले संचालन गरेको दुल्लू अस्पताल लगायत नगरमा संचालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुको संरचना विकास, जनशक्ति व्यवस्थापन, संक्रमण र महामारीजन्य रोग नियन्त्रण लगायतका स्वास्थ्य क्षेत्रका मुलभुत विषयलाई बजेट सम्बोधन गरेकोछ ।

सार्वजनिक निजी क्षेत्रका विकास साझेदार निकायहरुसंग साझेदारी गरी नगरका समग्र विकास प्रक्रियालाई थप गतिशिल बनाउन साझेदारी नीतिलाई प्रमुख रुपमा अंगिकार गरिएको नगर प्रमुख घनश्याम भण्डारीको भनाई रहेको छ । उनका अनुसार सार्वजनिक निजी लगानी विना नगरपालिका आफैले मात्र नगरको समग्र विकास प्रक्रियालाई अगाडी बढाउन नसकिने र रचनात्मक विकास प्रक्रियामा विकास साझेदार निकायले सकारात्मक भूमिका निर्वाह गर्ने हुँदा साझेदारी नीतिलाई उच्च प्राथामिकतामा राखिएको हो । सजावटयुक्त कृषि पर्यटन, बाँझो जग्गा सदुपयोग गर्न विदेशबाट फर्किएका बेरोजगार नागरिक र कृषि पढेका यूवा, महिला कृषक जनशक्तिलाई कृषि ऋण सरल सुलभ उपलब्ध गराउन वित्तिय संघ सस्थाहरुसंग समन्वय र सहकार्य, उद्यमशिलतामा आधारित विद्यालय संचालन, दिगो विकासमा आधारित पूर्वाधार निर्माण, धार्मिक सांस्कृतिक पर्यटन मार्फत आन्तरिक आय वृद्धि जस्ता नीतिहरुलाई बजेटको मुख्य समावेश गरिएको छ ।