☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

सुडेक नेपाल दैलेखकाे अध्यक्षमा केसी चयन

  |

असार १३दैलेख –दिगो बिकास तथा बाताबरण संरक्षण केन्द्र नेपाल(सुडेक नेपाल दैलेखले) छैटौँ साधारण सभाबाट शुक्रबार नयाँ कार्यसमिती चयन गरेको छ। साधारण सभाबाट नरेन्द्र केसिअध्यक्षमा चयन हुनुभएको हाे।साधारणसभा बाट एघार सदस्यीय कमिटी चयन गर्नुका साथै चार सदस्यीय सल्लाहकार समिती चयन गरेको छ।


उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसिले कार्यक्रममा बाेल्दै स्थानिय संग हातेमालो गरी अबको गै .स .स अगाडी बढाउनुपर्ने बताए ।

साधारण सभाबाट चयन भएका नयाँ कार्यसमितीमा अध्यक्ष नरेन्द्र केसि,उपाध्यक्ष मिना तारामी,महासचिब हरीबहादुर थापा,सचिब बिशाल सुनार,कोषध्यक्ष सन्तोषी लम्साल,सदस्यहरुमा  : अभिषेक सोनी, तिर्थ जि. सी,अम्बीका बोहोरा, पबित्रा थापामगर, महेन्द्र अधिकारी,आमृता राना चयन हुनुभएको छ ,भने कानुनी सल्लाहकार  : दीर्घराज अधिकारी सल्लाहकारमा राजेश हमाल,चक्र केसि डम्बर केसि,सुबास गौतम,गंगाराम दाहाल रहनु भएकाे छ।

प्रकाशित मितिः शनिबार, असार १३, २०७७     3:03:25 PM
error: Content is protected !!