☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

बावियाचौरको जलविद्युत गृह पहिरोले पुरियो, एक वेपत्ता

  |

सुशील खड्का
सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा पहिरोले क्षती पु¥याएको छ । गएराती आएको अविरल वर्षाका कारण पञ्चपुरी नगरपालिका–६ भावरमा रहेको विद्युत गृहमा पहिरोले क्षती पु¥याएको हो ।

मध्यराती पावर हाउसमा गृहमा पहिरो जाँदा त्यहीँ बस्दै आएका एक जना महिला पहिरोमा वेपत्ता भएको खमारी खोला जल विद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए ।

‘पहिरोले आयोजनामा गृह ठूलो क्षती पु¥याएको छ, एकिन विवरण संकलन गर्दै, एकिन विवरण संकलन गर्दैछौं’ ढुंगानाले भने, ‘पावर हाउसमा पहिरो जाँदा वेपत्ता हुनु भएका महिलाको खोजीका लागि प्रहरी र स्थानीयहरु खटिराख्नुभएको छ ।’

५३ किलोवाट विद्युत उत्पादन भइरहेकाे यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झण्डै एकहजार दुई सय परिवार लाभान्वित भएका थिए । अध्यक्ष ढुंगानाले कम्तीमा ४८ घण्टामा विद्युत नियमित गर्नेगरी जुटेको बताए ।

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     5:52:05 AM
error: Content is protected !!