☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

पहिरोले घर भत्किदा एकको मृत्यु

  |

सुशील खड्का
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी–६ भावरमा जल विद्युतको पावर हाउसमा भत्किदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । खमारी खोला जलविद्युत आयोजनाको पावर हाउस रहेको घर भत्किदा त्यहाँ कार्यरत पञ्चपुरी–६ भावरका ४७ वर्षीय नन्दा पुलामीको मृत्यु भएको हो ।

याे पनि पढ्नुहाेस् : बावियाचौरको जलविद्युत गृह पहिरोले पुरियो, एक वेपत्ता


अविरल वर्षासँगै पावर हावसदेखि माथिबाट आएको पहिरोले क्षती पुगेको आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए । उनकाअनुसार पहिरोमा परेर झण्डै ४८ वर्षीय डम्बरबहादुर पुलामी घाइते छन् । घाइते पुलामीको थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको ढुंगानाले बताए । मृत्यु भएकी नन्दाको शव पनि पोष्टमार्टम लागि प्रदेश अस्पताल ल्याइएको छ । गएराती साढे २ बजेतिर पहिरो जाँदा पावर हाउसको घर भत्किदा झण्डै १२ लाखको क्षती पुगेको अध्यक्ष ढुंगानाको भनाई छ ।

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     10:34:55 AM
error: Content is protected !!