☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

धर्म,सस्कृति र परम्परा जोगाउदै रोपाई महोत्सव

  |

बिशाल सुनार दैलेख,दैलेख धर्म सस्कृति, जिल्ला मानिन्छ । आधुनिकताले छोप्दै गएको बेला कतिपय धर्म,सस्कृति र परम्परा यस्तो हुन्छन् जस्मा आधुनिकताले सजिलै निल्न सक्दैने । त्यस्तै सास्कृतिक परम्परा मध्यको एक हो रोपाई परम्परा । हली जोत्दै,बाउसे आलि लगाउदै,अदि रोपार्नी दिदिबहिनीहरु झम झमको बर्षे झरीमा रोपाईको भाकामा गित गाउदै । सदाझै यस बर्ष पनि बिधिपूर्वक धान रोप्ने परम्पराले खेत खोलियानहरु रोपाई भाका संगै बाजाको धुनले गुन्जिन थालेको छ ।

यस बर्ष सरकारी तवरबाट औपचारीक तवरले रोपाई महोत्सवलाई नमनाउने निर्णय गरेको भए पनि स्थानिय तहहरुले मौलिकतालाई कायम राख्दै धान दिवस तथा रोपाई महोत्सवलाइृ धान रोप्दै एक आपसमा रोपाई गित गाउदै,हिलो पानी एक आपसमा छेप्दै मनाईएको छ ।
चन्द्रा थापा,अमृता रावत,गंगा नेपाली नारायण नगर पालिका ,दैलेख नारायण नगरपालिका वडा नम्बर १ को आयोजनामा अनौपचारिक गहतारी गाँउमा पञ्चेवाजा सहित रोपाइँ गरिएको छ । वडा कार्यालयको आयोजनामा १७ औँ राष्ट्रिय धान दिवसका अबसर पारेर पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाइँ गरेका हुन् ।

 

राष्ट्रिय धान दिवसका अवसरमा नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्याक्टर, हिलो बनाउने र धान रोप्न मेसिन स्थानीय गहतारी फलफुल तथा कृषि सहकारी संस्थालाई उपलब्ध गराएको थियो । दैलेख जिल्लाभर ६ हजार ५ सय १७ हेक्टरमा धान खेती गरिन्छ । समयमै पानी परेका कारण अहिलेसम्म ३५ प्रतिशत रोपाइँ सकिएको पाण्डेको भनाई छ । विगत वर्षहरुको तुलनामा यो बर्ष बर्षा समयमै भएका कारण समयमै रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     11:03:13 PM
error: Content is protected !!