दैलेख । विद्यालयमा सूचना प्रविधिको विकास गर्न दैलेखका ६ वटा विद्यालयलाई सूचना प्रविधि बनाउन जिल्लामा सामग्री पठाइएको छ । सूचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउने कार्यक्रम अन्तरगत जिल्लाका ६ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आइ.सी.टी.ल्याब) को लागी सांसद पार्वती विशुन्केको पहलमा संघीय सञ्चार मन्त्रालयसँग समन्वय गरी ६ वटा विद्यालयमा सामग्री आएको हाे ।
त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेख , सिता जनसहयोग माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका, भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका, शान्ति माध्यमिक विद्यालय गुराँस गाउँपालिका, शिवशक्ति माध्यमिक विद्यालय नौमुले गाउँपालिका, भगवती माध्यमिक विद्यालय महाबुमा सामग्री पुगेको हाे ।
प्रत्येक विद्यालयमा २४ वटा कम्प्युटर सेट, १ थान प्रोटेक्टर, १ थान प्रिन्टर, ४ थान सिसिटिभी क्यामेरा १ थान सिसिटिभी मोनीटर, १ थान नेटवर्क भिडियो रेकर्डर, १ थान, स्विच र्याक, १ थान राउटर १ थान, लगायतका आइटी सम्बन्धी आवश्यक पर्ने १५ थरिका सामग्रीहरू पठाएको र उक्त सामग्रीहरू सबै विद्यालयमा प्राप्त भइसकेको विशुन्केले बताईन।
कोरोनाभाइरसको कारण देश लकडाउन भएपछि विद्यालयसम्म सामग्री पठाउन केही समय लागेको हाे । विश्वका अन्य देशका बालबालिका सूचना प्रविधिमा धेरै अगाडि भएको र नेपालका ग्रामीण स्तरका विद्यार्थीहरूलाई प्रविधि र पढाईसँगै जोडन सकेको खण्डमा रोजगारतर्फ पनि जोडिन र बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने हुँदा विद्यालयलाई छनोट गरी सामग्री पठाएको हो ।
लकडाउनले सूचना प्रविधिको बारेमा राम्रो ज्ञान दिएको कारण युग अनुसार शिक्षा दिन सकेमा मात्र सामुदायिक विद्यालयको गुणस्तर बढ्ने र शिक्षा प्रर्णालीमा सुधार गर्नका लागि यस्ता कार्यक्रम देशभरी सञ्चालन गर्न आवश्यक रहेको सांसदको बिशुन्केेेेकाे
भनाइ छ ।