☰ open Loading... 20 April 2024|  

दैलेखमा सर्पको टाेकाइबाट एक युवकको मृत्यु
  | २५ असार २०७७, बिहीबार १८:५४

यामराज बिष्ट दैलेख असार २५-दैलेखमा सर्पले डसेर बुधबार एक युवकको मृत्यु भएको छ । नारायण नगरपालिका –२कुसाडाका २० वर्षीया ललित नेपालीको बुधबार रातिकाे समयमा आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले टाेकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरि बहादुर वलीले जानकारी दिए ।

राति दुई बजे तिर नेपालीलाई सर्पले टाेकेकाे हाे ।प्रहरी प्रमुख वलिका अनुसार उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले टाेक्दा घाइते भएकि छन्। उनकाे
दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ।