☰ open Loading... 29 March 2024|  

दैलेखमा पनि सलह किरा प्रवेश गर्‍यो
  | ३ श्रावण २०७७, शनिबार १९:५७

 

यामराज बिष्ट दैलेख : नेपालका विभिन्न जिल्लामा सलह किरा प्रबेश गरे संगै दैलेखमा पनि प्रवेश गरेको छ। बालीनालीमा ठुलो नोक्सान पुर्याउन सक्ने सलह किरा नेपाल केही जिल्लामा प्रवेश संगै दैलेखमा नारायण नगपालिका,दुल्लु नगरपालिका ,भगवतीमाई गाँउपालिका ,माहाबु गाउँपालिकामा प्रवेश गरेको हाे। सलह प्रवेश संगै किसानले लगाएको खेतीलाई नोकसानी हुने हाे कि भनेर किसानमा डरत्रास छाईसकेको छ।
 

सलहहरूमध्ये छरिएर ठुलो संख्याआकाशमा आएका दैलेख ,सुर्खेत ,नेपालगन्ज ,बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा गएको पछिल्लो जानकारी प्राप्त भएको हाे। 

भारतको उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा रहेको सलह वायुको प्रवाहसँगै मध्य तथा पश्चिम तराईका क्षेत्र हुँदै पश्चिम तर्फ लाग्‍ने पूर्वानुमान गरिएको छ। सो क्रममा मध्य तथा पश्चिम तराईका विभिन्न क्षेत्रमा प्रवेश गरे संगै शनिबार दैलेखका विभिन्न ठाउँमा प्रबेश गरेकाे हाे ।


सलहले तरकारीबाली, मकै, आँप, बदाम, धान, लगायतमा क्षति पुर्‍याउने भएकाले सलह दैलेखमा प्रवेश सगै किसानहरुले बारीमा पुगेर थाल, ठटाएर,आगाे बालेर,ड्रम बजाएर सलह ठूलो संख्यामा आएकाले सलह भगाएका थिए।

कृषि बिकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले देशका विभिन्न ठाउँमा देखिएको सलहको झुण्ड मध्यम र क्षति गराउन सक्ने खालको हो ।सलक किरा भकाउने उपायहरुकाे बारेमा रेडियोमा
,नगरपालिका, गाँउपालिकाका कृषि शाखामा यसकाे ब्यवस्थापनलाई कसरी गर्ने भन्ने बारेमा प्रचार-प्रचार गरि किसानलाई जानकारी गराएको बताए ।