☰ open Loading... 24 September 2020|   शुक्रबार, अशोज ९, २०७७

दैलेखमा रेडक्रसको सहयोग

  |

यामराज विष्ट दैलेख–बाढी पहिरो तथा जोखीममा परेका परिवारलाई सहयोग गरिएको छ । जिल्लाका ६६ घरधुरी गरिब तथा अति विपन्न समुदायलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले सहयोग गरेको हो ।


नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, डुगेश्वर गाउँपाविलका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका, चमुण्डाबिन्द्रासैनी नगरपालिकाका अबिरल बर्षाको कारण घर भत्केका , आगलागि ,बाढी पहिरो बाट प्रभावितहरुलाई गैर खाद्यान्न सामाग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसी बताए ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले प्रतिपरिवार गैर खाद्य सामाग्रीमा कपडा, भाँडा सेट, पाल लगायतका सामाग्री वितरण गरिएको जनाईएको छ । आफुहरु जोखीममा परेको बेला रेडक्रसले सहयोग गरेको भन्दै बाढी तथा पहिरो पिडितहरुले खुसी ब्यक्त गरे । रेडक्रसले भुकम्प, बाढी पहिरो लगायतका जोखीमहरु ब्यहोदै आएका समुदायमा पुगेर सहयोग गर्ने गरेको छ । जिल्लामा जोखिममा परेका समुदाय तथा परिवारलाई वर्षेनी विभिन्न सहयोग गर्दै आएको छ।

प्रकाशित मितिः आइतवार, साउन ४, २०७७     4:27:19 PM
error: Content is protected !!