☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

  |

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेखका एक जना, कालिकोट र हुम्लाका एक÷एक जना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

 

याे सँगै कणार्ली प्रदेशमा कोरोना संक्रमितको संख्या १७४९ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप आठ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २२४ जना आइसोलेसनमा रहेका छन ।

प्रकाशित मितिः सोमवार, साउन ५, २०७७     4:29:12 PM
error: Content is protected !!