☰ open Loading... 24 September 2020|   शुक्रबार, अशोज ९, २०७७

ब्रत बसेकी एक महिलाको मन्दिरमै मुत्यु

  |

सुर्खेत । ब्रत बसेकी सुर्खेत बराहातालकी एक महिलाको मन्दिरमै मृत्यु भएको छ । बराहताल गाउँपालिका –८, भेट्टेघारीको शिवधाम मन्दिरमा पुजा गर्ने क्रम्मा ती महिलाको मृत्यु भएको हो ।

साउनको सोमबारे ब्रत बसेकी बराहताल–४ सिम्लेपानीकी ६२ वर्षिया लक्ष्मी शाहीको सोमबार दिउँसो मन्दिरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

मृतक शाही सोमबार बिहानै कर्णाली नदीको जल लिएर मन्दिर गएकी थिइन । गीएसपी घर्तीका अनुसार मन्दिरमा जल चढाउन लाइनमा बसेकी उनी एक्कासी बेहोर भएर ढलेकी थिइन् । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, साउन ५, २०७७     6:49:42 PM
error: Content is protected !!