☰ open Loading... 29 March 2024|  

पुष्पलाल स्मृति दिवसको अवसमा वृक्षारोपण
  | ८ श्रावण २०७७, बिहीबार ११:०१


दैलेख । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे नगर पार्कमा वृक्षारोपण गरिएको छ ।
बुधबार जम्बुकाँधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चामुण्डाविन्द्रासैनी नगर कमिटिको आयोजनामा नगर पार्कमा वृक्षारोपण गरिएको हो । नगर पार्क वर, पिपल, चिउरी लगायतका विरुवा रोप्नुका साथै पार्टीका कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी दिवस मनाईएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चामुण्डाविन्द्रासैनी नगर कमिटिका अध्यक्ष रविन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले पुष्पलाल श्रेष्ठले गरेको योगदानका बारेमा चर्चा गर्नुभयो ।

वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् चामुण्डाविन्द्रासैनी वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाही, अनेरास्ववियु केन्द्रिय सदस्य भुपेन्द्र शाही,अनेरास्ववियु पुर्व जिल्ला सचिव धर्मराज बोहोरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६ नं. वटा कमिटिका अध्यक्ष धिरेन्द्रबहादुर शाही, नगर कमिटि सदस्य मदन विक, पुर्णबहादुर खड्का, लक्षमण कार्की, जलु विक र समाजसेवी भुपेन्द्र लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो ।

पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ हुन । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ साल वैशाख १० गते नेकपा स्थापना भएको थियो।