☰ open Loading... 19 April 2024|  

सुर्खेतको भेरीगंगा नगरपालिकाले ११ महिना देखि दरबन्दीका तिन जना कर्मचारीहरुलाइ काम बिहिन बनायो
  | ८ श्रावण २०७७, बिहीबार १३:५८

 

असार ८-सुर्खेतको भेरीगंगा नगरपालिकामा समायोजन भईआएका स्वास्थ्यतर्फका सिनियर अहेव सहित तिनजना कर्मचारीलाई नगरपालिकाले ११ महिना देखि कुनै प्रकारको जिम्मेवारी नदिएको कर्मचारीहरुले बताएका छन।

कर्मचारी समायोजन भएर स्थानिय तहमा पुगेका कर्मचारीलाइ नगरपालिकाले अहिले सम्म कनैपनि जिम्मेवारी दिएको छैन।उनिहरुले ११ महिना देखि कार्यालय जाने हाजिर गरेर फर्किनु बाहेक कुनै काम गर्न नपाएको गुनासो गरेका छन।स्वास्थ्यतर्फका सात औ तहका नेत्र देवकोटा, छैटौ तहका धनबहादुर देवकोटा र सिता शर्मालाइ कुनै जिम्मेवारी दिएको छैन।
देबकोटा वीरेन्द्रनगर ९ बाट २०७६ असोज २३ गते भेरीगंगामा हाजिर हुनुभएको हो।कार्यालयमा हाजिर भएको तिन महिना पछि पुस २१ गते स्वास्थ्य शाखामा पदस्थापना गरेपनि कामको भने कुनै जिम्मेवारी दिएको छैनन।
उनिहरुले कर्मचारीलाई पहुँचको आडमा सम्बन्धित फाँटमा पदस्थापन भईआएका कर्मचारी कामविहिन बनाएको बताएका छन।स्थानीय तहको कर्मचारी समायोजन पहिले अन्तरिम व्यवस्थापन अन्तर्गत तत्काल कामकाजका लागि राजेशकुमार बुढालाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिईएको थियो।
हाल बुढाको दैलेखको महावु गाँउपालिकामा सरुवा भइसकेको छ।तर बुढाले पदस्थापन भइसक्दा पनि पहँचुको आडमा शाखा प्रमुखको जिम्मेवारी छोडेका छैनन।निजामति कर्मचारी ऐनमा कर्मचारी सरुवा भएर आएको कार्यालयमा २१ दिन भित्रमा जिम्मेवारी दिए सम्बन्धित शाखाको कामकाजमा पठाउनुपर्ने नियम छ।
तर भेरीगंगा नगरपालिकाले निजामति ऐनको खिल्ली उडादै काजका कर्मचारीलाइ शाखा प्रमुखको जिम्मेवारी दिएको छ।स्वास्थ्य मन्त्रालयले २०७६ भदौमा भेरीगंगा नगरपालिकाले सरुवा भएका कर्मचारीलार्इ सम्बन्धित ठाँउमा रमना गरि त्यसको जानकारी मन्त्रालयलार्इ गराउन पत्राचार गरेको थियो।

 

तर नगरपालिकाले मन्त्रालयको पत्रलाइ व्यवास्था गर्दै काजमा राखेर शाखा प्रमुखको जिम्मेवारी दिएर कामकाज गराइ राखेको छ।युनियन सुर्खेतका अध्यक्ष समेत रहेका बुढा अरुको कर्मचारीको हकहितमा बोल्ने भएपनि उनि आफैले कर्मचारीहरुको जिम्मेवारी खोसेका छन।
उनलाई ऐन अनुसार समायोजन भईआएका कर्मचारीलाई भुमिकाविहिन बनाएर पहँचको आडले काजको कर्मचारीलाई शाखा प्रमुख बनाईएको भन्दै अन्य कर्मचारीहरुले विरोध गर्दै आएका छन।

समायोजन भएर आइसकेपछि राजेशकुमार बुढालाई पद बाट हटाउनुपर्ने नियम हुदाँहुदै पनि तर राजनैतिक आडमा नियम विपरीत उनैलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
काजको कर्मचारीलाई शाखा प्रमुख बनाएर आर्थिक अधिकार दिनु भनेको गैर कानुनी काम भएको कर्मचारीले जिम्मेवारी विहिन बनाइएकाे कर्मचारी धनप्रसाद देवकोटाले बताए।

उनले पदस्थापन भएको ११ महिना वित्को भएपनि कार्यालय आएर हाजिर गर्ने मात्रै काम भएको भन्दै शाखाको जिम्मेवारी नदिनुको कारण के हो भन्दै प्रश्न गरे ।
यसबारे नगरप्रमुख संग पटकपटक कुरा राख्दापनि आफुहरुको कुरा सुनुवाई नभएको भन्दै आफुहरु बाध्यभएर मिडियामा आउनु परेको उनको भनाइ छ।यता नगर प्रमुख भुपेन्द्र बहादुर चन्द्रले नगरपालिको बैठक बसेर यसबारेमा छिटै निस्कर्ष निकाल्ने बताए।