☰ open Loading... 24 September 2020|   शुक्रबार, अशोज ९, २०७७

दैलेखकी महिला सुर्खेतमा मृत भेटिइन्

  |

सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो ।

शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ, ती महिलाको आफन्त सम्पर्कमा आएका छन्’ डीएसपी घर्तीले भने ‘घटनाबारे थप जानकारी पछि दिन्छौं ।’ अनलाइनखबरबाट 

प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७     1:51:31 PM
error: Content is protected !!