☰ open Loading... 20 April 2024|  

सुर्खेतमा युवाहरूले राेपे २सय टिमुरका विरुवा
  | १२ श्रावण २०७७, सोमबार १६:०८

 

सुर्खेत – वीरेन्द्रनगर वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको संक्रियतामा टिमुरको विरुवा परिक्षणको रुपमा रोपिएको छ। गुँरास गाउपलिकाका अध्यक्ष खेमराज वलीले दुई सय टिमुरका विरुवा काँक्रेविराहमा रोप्नको लागी हस्तान्तरण गर्नुभएको हो।विरुवाहरु एक कार्यक्रमको आयोजाना गरेर लाटीकोईलीका समाजसेवी दलबहादुर खत्री र शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द्र गिरीले काँक्रेविहारको मञ्च नजिकको वृक्षारोपन गरेर उद्धघाटन गर्नुभएको हो।अहिले देश तथा बिदेशमा नेपाली टिमुरको मागबढ्दै गएकाले व्यवसायीक रुपमा टिमुर खेति गर्नेहरु पनि बढ्दै गएको छ।पहाडी क्षेत्रमा उत्पादन हुने टिमुर काँक्रेविहारमा पहिलो पटक परिक्षणको रुपमा रोपिएको स्थानिय युवा सनम गिरीले बताउनु भयो।
रोपिएका विरुवाहरु काँक्रेविहार मञ्च नजिक,बरकुना र पातलगंगा नजिकको जंगलमा रोपिएको हो।

अहिले रोपिएका यो टिमुरका विरुवाहरु सफल भए आगामी दिनमा काँक्रेविहारको खाली जमिनमा विरुवा रोपिने स्थानिय युवा बसन्त गिरी र नविन गिरीले बताउनुभयो।बृक्षारोपन कार्यक्रममा अनमोल श्रेष्ठ, सुशान्त गिरी, राजन गिरी, प्रदिप रोकाय, रुद्ध खत्री र अनिल दाहल नरेश शर्मा लगायएका ४० जना युवाहरुको सहभागीता रहेको थियो।बृक्षारोपन कार्यक्रममा लाटीकोईलीका युवाहरुलाइ सहयोग गर्न कैँची ग्याङ्ग युवाहरु पनि सहभागी भएका थिए।